सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यात नियुक्त भएपछि लोकमानले भन्ने गरेका ‘ठूला माछा’ अख्तियारको जालोमा पर्न थालेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्राउ गरेपछि अकूत सम्पत्तिमा अख्तियारले छानविन गरिरहेका विशिष्ट श्रेणीका कर्मचारीहरु आत्तिन थालेका छन् । अख्तियार स्रोतका अनुसार अकूत सम्पत्तिमा छानविनमा परेका कतिपय व्यक्तिस‘ग तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अनुचित फाइदा लिएर तामेलीमा राखेका फाइलसमेत बस्न्यातले खोल्न थालेका छन् । जुन फाइलमा भन्सार, कर, राजस्व, सडक, दूरसञ्चार, काठमाडौं महानगरपालिका र प्रहरी अधिकृतहरुको नाम रहेको छ ।
पक्राउ परेका चुडामणि शर्माले १ हजार ६९ करदाताले सरकारलाई बुझाउँछु भनेको र बुझाउनुपर्ने ३० अर्ब ५२ करोड ५८ लाखमध्ये २१ अर्ब रुपियाँ छुट दिई ९ अर्ब ५४ करोड ६१ लाख रुपियाँमात्र कर फस्र्योट आयोगबाट असुली गरिएको थियो । यसरी कानुन विपरीत करछुट दिएको कुरा महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याएपछि अख्तियारले छानबिन गरेको थियो । २१ अर्ब कर छुट दिने क्रममा ठूलो अनियमितता गरेको आरोपमा पक्राउ परेका शर्मामाथि अकूत सम्पत्ति आर्जनमा पनि अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गर्ने भएको छ । शर्माले सुनसरीदेखि ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी, सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागको महानिर्देशक हुँदै विगत ३ बर्षदेखि आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदासम्म अकूत सम्पत्ति आर्जन गरेका दर्जनौं उजुरी अख्तियारमा परेका छन् । तर पूर्वप्रमुख आयुक्त कार्कीले उनका सबै उजुरी तामेलीमा राखेका थिए । कार्की अदालतबाट पदमुक्त भएपछि कार्यवाहक प्रमुख आयुक्त भएका दीप बस्न्यातले अकूत सम्पत्ति आर्जनमा कार्कीले उन्मुक्ति दिएका धेरै उच्चपदस्थ सरकारी अधिकारीको छानबिन गर्ने बताएका थिए । तिनैमध्येका सबैभन्दा बढी विवादमा परेका सहसचिव शर्मा हुन् ।
अख्तियारले शर्मापछि नेपाल ट्रष्टका सचिव अर्जुनकुमार कार्की, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी, सिंचाईबाट सर्तकता केन्द्र हुँदै हाल शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय, भर्खरै सचिव बढुवा भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका देवेन्द्र कार्की, यातायात ब्यवस्था विभागबाट केही महिनाअघि सरुवा भएका महानिर्देशक (हाल गृहमन्त्रालय) चन्द्रमान श्रेष्ठ, राष्ट्रबैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठमाथि अकूत सम्पत्ति आर्जनमा छानबिन गर्ने जनाएको थियो । उनीहरुलाई अख्तियारले १३ पाने फारम भराइसकेको छ । लोकमानसिंह कार्की पदमुक्त भएको र दीप बस्न्यात कार्यवाहक भएको एक हप्तामै अख्तियारले अकूत सम्पत्ति आर्जनमा छानबिन गर्ने बताएको थियो । लोकमानसिंह कार्कीले अकूत सम्पत्ति आर्जनमा उन्मुक्ति दिएका चुडामणि शर्मा, अर्जुन कार्की, गोपालबहादुर खड्का र भाइकाजी तिवारी छानबिनमा पहिलो सूचीमा परेको चर्चा भएकोमा शर्मा पक्राउ परिसकेका छन् । उनीपछि अर्जुन कार्की, गोपालबहादुर खड्का, भाइकाजी तिवारी आउँछन् । अर्जुन कार्कीले त नेपाल विद्युत प्राधिकरणमा पीपीए गर्दादेखि भौतिक पूर्वाधार सचिव हुँदा धरान–चतरा–हेटौंडामा सार्वजनिक खरिद नियमावली नै मन्त्रिपरिषद्बाट संशोधन गराएर ठूलो नीतिगत भ्रष्टाचार गरेका छन् । उनले भ्रष्टाचारको धन सबै अमेरिकामा पु¥याइसकेका छन् । उनका सपरिवार अमेरिकामै बस्छन् । नेपालको निजामती प्रशासनमा अर्जुन कार्की अरबौंपति सचिवका रुपमा चिनिन्छन् । अख्तियारको छानविनमा रहेका सचिव कार्कीमाथि सहरी विकास मन्त्रालयको सचिव हुँदा भूकम्पपीडितको त्रिपाल खरिदमा ११ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लाग्दैआएको छ ।
गोपाल खड्काले काठमाडौं सडक डिभिजनमा हुँदै पीचै नगरेको सडक पीच गरेको भन्दै करोडौं रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरेका उजुरी अख्तियारमा दर्जनौं छन् । आयल निगममा नाकाबन्दीका समयमा इन्धनमा कालोबजारी गर्नेदेखि पेट्रोल पम्पको अनुमति र बैंकको निक्षेप एउटा बैंकबाट अर्को बैंकमा सार्नेदेखि कर्मचारी सरुवामा घुस खाएको आरोप छ । उनले अवकाशको सम्मुखमा खिलेन्द्र कार्कीलाई सरुवा गरी दिनेशकुमार यादव जस्ता बदनाम कर्मचारीलाई बिराटनगर डिपोको प्रमुखमा सरुवा गरेका थिए ।
त्यस्तै अख्तियारले पूर्वआइजीपीहरु वीरेन्द्रबाबु श्रेष्ठ, प्रताप थापामाथि पनि अकूत सम्पत्ति आर्जनमा छानबिन गरेको थियो । अख्तियारले छानबिन सुरु गर्दा उनीहरु अवकाश भइसकेका थिएनन् । यसबाहेक काठमाडौं महानगरपालिकामा भएको अनियमितता र भ्रष्टाचारमा पनि आयोगले छानविन गर्ने बताइएको छ । दृष्टिबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा