सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भीमदत्तनगर, २३ जेठ – कञ्चनपुरको बेदकोट नगरपालिकामा सोमबार चट्याङ लागेर चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चट्याङ लागेर बेदकोट नगरपालिका–३ का २४ वर्षीय राजेन्द्र सार्की र २६ वर्षीय तुलसी सार्की घाइते भएका छन् ।
त्यसैगरी, बेदकोट नगरपालिका–५ की ३५ वर्षीया मानमती विष्ट र बेदकोट–७ का ४० वर्षीय मानबहादुर खुना समेत चट्याङ लागेर घाइते भएको प्रहरी जनाएको छ । घाइतेमध्ये राजेन्द्र सार्कीको सेती अञ्चल अस्पताल, धनगढी र अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङकै कारण बेदकोट नगरपालिका–८ का रामसिंह ठगुन्नाको कुखुरा फार्ममा चट्याङ पर्दा करिब ९०० कुखुरा मरेको प्रहरीले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा