सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ असार । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड जारी सेवाको शुभारम्भ गरिएको हो ।
डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याकलेस प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट ATM withdrawal को साथमा POS तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन् ।
‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मासटरकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पु¥याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।
कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।
एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा