सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,अषाढ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो ।
यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।
शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चात सत्ता समीकरणबारे उठेका आशंकाबीच दुई नेताको भेटघाट बाक्लिएको हो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा