सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ ।
आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो ।
यो विधेयकमा पाँच वटा संशोधन प्रस्ताव गरेको थियो ।
नेपाली कांग्रेसका सांसद आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेले संयुक्त रुपमा संशोधन राखेका थिए ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्ताव राखेका थिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा