सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , १५ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ ।
शनिबार विहान कलंकीबाट सुरु भएको यात्रा चक्रपथको कलंकी–सीतापाइला–स्वयम्भू–बालाजु–सामाखुसी–वसुन्धरा हुँदै धोवीखोला भएर अघि बढेको हो ।
सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनिए पनि सो काम अलपत्र छ ।
काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको छ ।
सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्राको आयोजना गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा