सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बूढीगण्डकीको काम अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्।
भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय परियोजना छुट्टै ऐन अन्तर्गत अधिकारसम्पन्न “बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण” बनाएर छिटो सम्पन्न गर्नुपर्नै माग छ ।
ज्ञापन पत्रमा अध्यक्ष भट्टराईले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न पनि माग गरेका छन्।
सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् ।
आगामी भदौ मसान्तसम्म माग पूरा नभए सबै सरोकारवालाहरू एकताबद्ध भएर सशक्त आन्दोलन गर्ने चेतावनी पनि बाबुरामले दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन अध्यक्ष भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा