सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ असार । एस आई युके नेपालले मल्टी-डेस्टिनेशन शिक्षा मेला आयोजन गर्ने भएको छ। एस आई युके नेपालले पत्रकार सम्मेलन गर्दै मल्टी डेस्टीनेसन एजुकेसन फेयरको तयारी पूरा भएको जानकारी गराएको हो।
जुन २९ गते अर्थात भोली आयोजना गर्न लागिएको उक्त फेयरमा युकेका उत्कृष्ट विश्वविद्यालयहरुको उपस्थितीमा त्यहाँ उपलब्ध कोर्स, सुविधाहरू, आवेदन प्रक्रिया तथा अध्ययन पश्चातका विभिन्न अवसरहरूको बारेमा शैक्षिक परामर्श प्रदान गरिने हुँदा यो कार्यक्रम निकै नै फलदायी हुने एस आई युके ग्लोबलका एमडी विनय अधिकारीले जानकारी दिए।
कार्यक्रममा सहभागी हुन करिब ११००० भन्दा बढी विद्यार्थीहरूले अनलाइन रजिष्ट्रेसन गरिसकेको एस आई युके ग्लोबलका आइटी प्रबन्धक सोहेल आलमले जानकारी दिए ।सोहैलले उल्लेख गर्छन् कि एसआइ-यूके नेपालका शाखाहरूले पनि बुटवल, चितवन, र पोखरा बाटको विशेष प्रदर्शनी र अन्तरक्रियात्मक भिडियो कन्फरेन्सिङ आयोजना गर्दै छन्।
मल्टी डेस्टीनेसन एजुकेसन फेयरले नेपाली विद्यार्थी तथा अभिभावकमा युके शैक्षिक गन्तव्य सम्बन्धी सम्पूर्ण जिज्ञासाको समाधान गर्ने विश्वास संस्थाले लिएको भन्दै एक पटक फेयरमा उपस्थिती जनाउन एस आई युके नेपालका कन्ट्री म्यानेजर नन्दन सिंहले आग्रह गर्नुभयो।
साथै शैक्षिक मेलामा भाग लिएर बिध्यार्थीहरूले प्रत्यक्ष रूपमै युनिभर्सिटीका प्रतिनिधिहरूलाई भेटेर आफ्नो स्कलर्सिप सुरक्षित गर्न सक्ने कुरा सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा