सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ असार । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगो भएको छ । उक्त दिन सुन प्रतितोला १००० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाले बढेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा