सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोलुखुम्बु, १३ असार। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ की २६ बर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
असार ७ गते शुक्रबार आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनाल सहित खाल्डोमा पुरेको भन्ने खबर प्राप्त भए सगैं जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट शिशुको शव निकाली पोष्टमोर्टमको लागि जिल्ला अस्पताल फाप्लुमा पठाएको र हत्यामा संलग्न आमा रत्नमाया भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा