सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ असार । साताको अन्तिम कारोबारको दिन आज पनि शेयर बजार घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज बिहिबार ८ दशमलव २४ अङ्कले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ ।
यसदिन ३३३ वटा कम्पनीका ८९ लाख कित्ता शेयर ३ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज बैंकिङ, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, फाइनान्स, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर भने ७ प्रतिशतले बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा