सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,अषाढ १३। आईसीसी टी २० विश्वकपको फाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ ।
बिहीबार टारोउबामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा मात्र ५६ रन बनाएर अलआउट हुन पुग्यो ।
अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानलाई सस्तोमा रोक्न दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज साम्सीले समान तीन –तीन विकेट लिए । यस्तै, कगिसो रबाडा र एनरिक नोर्ट्जे समान दुई विकेट रह्यो ।
यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिँदा कगिसो रबाडाले ३ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिए । नोर्कियाले ३ ओभरमा ७ रन खर्चदा शाम्सीले १.५ ओभरमा ६ रन दिए ।
प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेताका रुपमा सेमिफाइनल आएको हो ।
अफगानिस्तान भने समूह–१ को उपविजेता हो । आजको खेलमा जित निकाल्ने टिमले विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।
ताजा अवस्थामा दक्षिण अफ्रिकाले २.४ ओभर सकिँदा १ विकेट गुमाएर ६ रन जोडेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा