सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ असार । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ को पछिल्लो कार्यक्रम बिवादमा परेपछि संस्थापक टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको बताएका छन्।
ठकुरीले सामाजिक सञ्जालबाट सो कार्यक्रमको प्रस्तोतासँगै कान्तिपुर टेलिभिजनमा समेत आवद्द नरहेको भन्दै २३ वर्षको मिहिनेतले बनेको ब्रान्ड ध्वस्त भएको भन्दै चित्त दुखाएका छन् ।
ओसिन सिटौलाले चलाएको सो कार्यक्रमको पहिलो एपिसोडमा स्वस्तिमा खड्का र साम्राज्ञी आरएल शाहले अभिनेता अभिनेत्रीहरुको जथाभावी नाम लिएर निजि जिवनमा ठेस पुर्याएका थिए ।
कार्यक्रमको चर्को बिरोध र आलोचना बढेपछि ठकुरीले सामाजिक सञ्जालमा लेखेर टिभीको अनुहारको रूपमा आफु दुखी भएको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘म यो स्पष्ट पार्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शो मा आबद्ध छैन, न त होस्ट न प्रमुख कार्यकारी निर्माताको रूपमा नै… तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं आभारी छु। … म यति मात्र भन्न सक्छु कि मेरो 23 वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो Loyalty ध्वस्त भएको छ… एक टिभीको अनुहारको रूपमा, म दुखी छु र यस्तो कन्टेन्टको हिस्सा बन्न चाहन्न।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा