सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,असार १२। नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा उपहार दिएका छन् ।
बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिएका हुन् ।
यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहने समेत बताए ।
प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा