सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ असार । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ दशमलव ७७ विन्दुमा पुगेको छ ।
यसदिन आज ३१९ वटा कम्पनीका ९४ लाख ३५ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज बैंकिङ, फाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल, जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । डीसी लघुवित्त कम्पनीको १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
यसदिन ग्लोबल आईएमई बैंक डिबेन्चर २०८४/८५ र मकर जितुमाया हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साधना लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा