सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा