सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, अषाढ ११ । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ ।
प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगै थप १ रजत र १ कांस्य पनि जितेको हो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेका हुन् ।
पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीण जंग खड्काले स्वर्ण जिते । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे ।
भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे ।
नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा