सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्ति पदीय मर्यादा अनुरुप नरहेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सदनमा गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादा विपरीत रहेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीले आफ्नो निर्देशन कसैले मान्दैन भन्नु लज्जाजनक भएको बताए ।
उनले यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ भन्दै प्रश्न समेत गरे ।
उनले भने, ‘सदनमा केही दिन अगाडि गृहमन्त्रीले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही सदनभित्र छ भन्ने अभिव्यक्ति दिनुभयो । हिजो मात्रै रक्षामन्त्रीले प्रश्नहरुको उत्तर दिने क्रममा जे अभिव्यक्ति दिनुभयो त्यो उहाँको पदीय मर्यादा अनुरुप छ भन्ने मलाई लाग्दैन् । बजेट आयो सबै मन्त्रीहरूले आफ्नो हात जगन्नाथ भनेजस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लानुभयो सरकारले संसदलाई हेपेको छ । प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन । प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन सक्छ ? यो अराजकता कहिले अन्त्य हुने हो? यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ ?म जवाफ चाहुन्छ ।’
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा