सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । अभिनेत्री सोनाक्षी सिन्हाले आइतबार (जुन २३) जहीर इकबालसँग विवाह गरेकी छन् । यस विशेष अवसरमा उनी सुनौलो लुगा लगाएकी थिइन् । अभिनेत्रीले विवाहमा ४४ वर्ष पुरानो साडी लगाउनुको कारण पनि खास छ ।
मिडिया रिपोर्टका अनुसार यो साडी सोनाक्षीकी आमा पुनम सिन्हाको हो, जसलाई अभिनेत्रीले यो विशेष दिनको लागि रोजेकी थिइन् । रिपोर्टका अनुसार यो दिनलाई अझ अविस्मरणीय बनाउन उनले आफ्नी आमाको साडी लगाउने रोजिन् ।
सोनाक्षीका लागि यो साडी भावनात्मक रूपमा निकै अनमोल छ । उनकी आमाले करिब ४४ वर्षअघि आफ्नो विवाहमा यो साडी लगाएकी थिइन् । सोही समयमा सोनाक्षीले आफ्नो विवाहमा यो साडीसँगै आमाको कलेक्सनबाट मिल्दो गहना पनि लगाएकी थिइन् ।
विवाहको केही समयपछि रिसेप्शन पार्टी पनि आयोजना गरिएको थियो, जसमा अभिनेत्री रातो बनारसी रेशमी साडीमा देखिएकी थिइन् । जहाँ उनका पति जहीर शेरवानीमा देखिएका थिए । उक्त समारोहमा हिन्दी फिल्म उद्योगका धेरै दिग्गज कलाकारहरुको पनि सहभागिता रहेको थियो ।
सोनाक्षीले पनि आफ्नो विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले तस्बिरसहितको क्याप्सनमा लेखेका छन्, “सात वर्षअघि (२३.०६.२०१७) आजको दिन हामीले एकअर्काको आँखामा माया देख्यौँ र त्यसलाई पछ्याउने निर्णय गरेका थियौँ। आज त्यही प्रेमले हामीलाई सबै चुनौतिहरूमाथि विजय हासिल गर्न मार्गदर्शन गर्छ।” दुवै परिवार, अब हामी पति र पत्नी हौं, जहीर र सोनाक्षी सधैंको लागि एकजुट छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा