सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिराटनगर, १० असार। कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनर प्रादेशिक अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
विभागीय मूल्य–मान्यता, आदेश(निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले सुनसरीको ईटहरी उप(महानगरपालिका–७ का राम कुमार पंडितलाई सोही स्थानका उमेश चौधरीले धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरी फरार भएको घटनाको प्रतिवादी तथा इटहरी उप(महानगरपालिका(१२ कि महिलालाई जवरजस्ती करणी गरी फरार भएको घटनाको प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए । साथै लागू औषध कारोवार तथा चोरीका घट्नाहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका थिए ।
त्यस्तै, प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङले बिर्तामोड नगरपालिका–४ झापा की ६७ बर्षीया विष्णु कुमारी बिष्टलाई धारिलो हतियार प्रहार गरी हत्या तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा बिर्तामोड–४ का २१ बर्षीय गंगा प्रसाद राजवंशी सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।
विभागी मुल्य मान्यतामा रही उनीहरुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा