सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ९ असार । करण परियारले अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन्।
शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित भए ।
उपाधि विजेता परियारले २५ लाख र ट्रफी उचाले ।
यस्तै, सिजनको फस्ट रनरअपमा सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा बने । गुरुङले १० लाख नगद पाउँदा विश्वकर्माले ५ लाख हात पारे ।
नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएर प्रतिस्पर्धा गरेका थिए। दर्शकको भोटको आधारमा विजेता चुनिएका हुन् ।
चार महिनादेखि जारी नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा