सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ असार । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएको छ ।
उच्च अदालत पाटन हेटौँडा इजलासले शुक्रबारको न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो ।
गत चैत २० मा काठमाडौँबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ मा पुर्पक्षमा राख्न आदेश गरेको थियो । उक्त आदेश बदरको माग गर्दै खाम पक्षले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले खामलाई थुनामा नै राख्न आदेश गरेको हो ।
जनमुक्ति सेनाका पूर्वकमाण्डर खाममाथि कोटेश्वर बस्ने व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ । २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा