सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् ।
बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको दाबी गर्दै कुटनीतिक पहलमा ढिलाइ भइरहेको बताए ।
‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ । मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ । अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ । यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ ।’
मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारण कुटनीतिक पहलमा समय लागेको उनले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा