सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३२ जेठ । नेपालमा आयोजना हुन लागिरहेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने निश्चित भएको छ ।
जुन १८ देखि अर्थात यही असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २१औं बैठक सुरु हुने जानकारी गराइएको हो । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।
उदघाटन सत्रमा नेपालका प्रधानमन्त्री दाहालले मुख्य सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।
नेपालले ६ वर्षअघि आइडिए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो ।
बैठकमा ७० भन्दा बढि मुलुकका दुईसय भन्दा बढि प्रतिनिधि नेपाल आउने जानकारी गराइयो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा