सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ जेठ । साताको पाचौं कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाले घटेर १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा