सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३१ जेठ । संघीय संसद्अन्र्तगत राष्ट्रिय सभाको तीन संसदीय समिति बैठक आज बस्दैछ । संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवद्र्धन गराउन सुचनाको हक कार्यान्वयनमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरुको सम्बन्धमा छलफल गर्ने कार्यसूची समितिको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि मध्यान्न सवा बाह्र बजे बस्दै छ । समितिकै सभाहलमा बस्ने बैठकमा जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा गरिने समिति सचिवालयले जनाएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । समितिले मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा