सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ जेठ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज बिहिबार सुन प्रतितोला एक हजार आठ सय रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत जेठ २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबारको तुलनामा भने बिहीबार सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा