सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ जेठ । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृती पार्कमा जेठ २३ गते भएको आगलागी सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।
सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदाममा ग्याँस लिकेज भई आगलागी भएको बताईएको छ ।
आगलागी नियन्त्रणको लागि नं. २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज सकृयताकासाथ जुटेको थियो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा