सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,जेष्ठ २१। कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ।
आव २०८१÷८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।
यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो ।
कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक बहिस्कार गरेको थियो।
आजको बैठकमा महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति समेत प्रदान गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा