सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डु, २१ जेठ – सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि नगरेको विरोधमा जेष्ठ नागरिकहरुले आइतबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् । केही बेर उनीहरुले पिच सडकमै सुतेर विरोध जनाए।वैशाख १५ गते देखि निरन्तर रुपमा व्यवस्थापिका संसद भवनको पेटीमा आन्दोलन गर्दै आएका जेष्ठ नागरिकहरुले आइतबार सडकमा सुतेर विरोध जनाएका छन् ।
स्थानीय निकायको निर्वाचन अगाडि सबै दलहरुले बृद्ध भत्ता तथा अन्य सेवाहरु बढाउने भनेपनि बजेट भाषणमा आफुहरुको हितमा कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। भोट माग्न अनेक आश्वासन दिएर घर घरमा आए तर अहिले आन्दोलन थाल्दा कसैले पनि गुनासो नसुनेको भन्दै आक्रोशित भए। ‘नेताहरुलाई सानो रोग लाग्दा पनि करोडौं खर्चेर विदेश जानुपर्ने, हामीलाई भने सामान्य औषधिलाई पनि खर्च नपाउने रु’
अग्रज समाज नेपालको नाममा गरिएको आन्दोलनका क्रममा उनीहरुले भ्रष्ट शासक होशियार, नागरिक ढाट्न पाइदैन, अपराधी सरकार चाहिदैन भनेर सरकार बिरोधी नारा समेत लगाएका थिए । अग्रज समाजले जेष्ठ नागरिकको सेवासुविधा वृद्धि, सबै जेष्ठ नागरिकलाई समान रुपमा ६० वर्षमै भत्ता दिइनुपर्ने, जेष्ठ नागरिक जुन ठाउँमा बस्दै आएको छ त्यही स्थानबाट भत्ता दिइनुपर्ने, एकल महिलाले ६० वर्ष पुगेपछि बृद्धभत्ता पनि पाउनुपर्ने, प्रत्येक महिनामा भत्ता वितरण गरिनुपर्ने माग गर्दै आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा