सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१ , बनेपा : काभ्रेको पाचँखाल नगरपालिका ६ तिनपिपलेमा बस दुर्घटना हुँदा बसमा सवार ३७ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार काठमाडौंबाट काभ्रेको कोशीपारी जादै गरेको बा २ ख ६४४१ नम्वरको अरनीको यातायात सडकबाट २५ मिटर तल खस्दा बसमा सवार ३७ यात्रु घाइते भएको डिएसपी नविनराज राईले जानकारी दिनुभयो ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रोकिरहेको सवारी साधनलाई ओभरटेक गर्ने क्रममा बस नियन्त्रण बाहिर गई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा