सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, २५ बैशाख । युथ इनोभेसन ल्याब र यसका कन्सोर्टियम पार्टनरहरु रेस्टलेस डेभलपमेन्ट, क्रिएसन र सिडिएमएसले वैशाख २४, २०८१ का दिन धनगढीमा जलवायु अनुकुल विकासमा नेपाली युवा (TheYouthCAN.org) परियोजनाको प्रादेशिक किक अफ मिटिङको आयोजना गरेका थिए । कार्यक्रम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश र स्थानीय सरकार, सिएसओ, प्राज्ञिक, बैंकिङ तथा वित्त, महिला, अपाङ्गता भएका व्यक्ती, युवा समूहलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमका मुख्य उद्देश्यहरू सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलद्वारा परियोजनाको शुभारम्भ र इनोभेसन ग्रान्ट २०२४ को लागि आह्वान गरिएको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले १५ देखि २९ वर्ष उमेर समूहका युवालाई हरित अर्थतन्त्रको क्षेत्रमा उद्यमशीलता वृद्धि गर्न र विपद् तथा जलवायुसम्बन्धी शासन र पैरवीमा संलग्न गराउने प्लेटफर्म प्रदान गरी उनीहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ । सन् २०२२ मा मधेश प्रदेशमा र सन् २०२३ मा कर्णाली प्रदेशमा परियोजना सफलतापूर्वक सम्पन्न भएपछि सन् २०२४ मा सुदूरपश्चिम प्रदेशमा परियोजना कार्यान्वयन गरिनेछ, यसका तीन भागहरु ः क्लाइमेट फेलोशिप, क्लाइमेट स्मार्ट उद्यमशीलता र डाटा–आधारित वकालत हुन् । TheYouthCAN.org परियोजनाको प्रादेशिक शुभारम्भ बैठक र नवप्रवर्तन अनुदान आह्वान २०२४ को अवलोकन साथै सरोकारवालाहरुबाट सुझाब, NEEDS Nepal र प्रमुख अतिथि बाट मन्तव्य व्यक्त भएको थियो ।
TheYouthCAN.org परियोजनाको अवलोकनका क्रममा युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले क्लाइमेट फेलोसिप कम्पोनेन्ट लाई नौ वटा स्थानीय तहमा लागू गरिने जानकारी दिइन् । भजनी नगरपालिका (कैलाली), जोशीपुर गाउँपालिका (कैलाली), चुरे गाउँपालिका (कैलाली), जानकी गाउँपालिका (कैलाली), शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर), दोधारा चाँदनी नगरपालिका (कञ्चनपुर), बेलडाँडी गाउँपालिका (कञ्चनपुर), आलिताल गाउँपालिका (डडेल्धुरा), र अजयमेरु गाउँपालिका (डडेल्धुरा रहेका छन् । यसका साथै सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पनि लागू हुनेछ । बिपद पोर्टलको स्थानीयकरण, , https://bipadportal.gov.np/, र स्थानीय प्रकोप र जलवायु उत्थानशीलता योजना (एलडीसीआरपी) को तयारीलाई समर्थन गर्न यी सरकारी कार्यालयहरूमा दस प्राविधिक रूपमा दक्ष युवाहरूको एक समूह तैनाथ गरिनेछ।
नवप्रवर्तन अनुदान २०२४ का बारेमा जानकारी दिँदै अग्रिमा केसीले जलवायु स्मार्ट उद्यमशीलताका लागि आइडिया कल जारी रहेको र यो २०८१ जेष्ठ ७ सम्म खुला रहने जानकारी दिँदै यसबाट छानिएको २० उत्कृस्ट सोच वा उद्यमहरुले आफ्नो व्यवसायिक सोचलाई अगाडि बढाउन परामर्शदातासँग मिलेर काम गर्ने अवसर प्राप्त गर्ने र उत्कृष्ट ६ वटा हरित सोचलाई इनोभेसन ग्रान्ट रु १,२५,००० को नवप्रवर्तन अनुदान प्राप्त हुने जानकारी दीईन । साथै यो आह्वान मा सहभागिता हुन अनलाईन फारम https://theyouthcan.org/climate-smart-entrepreneurship मा भर्न सकिने बताउदै कर्णाली प्रदेशका युवा तथा युवा व्यवसायीलाई आह्वानमा सहभागी हुन आमन्त्रण गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलले परियोजनाको औपचारिक शुभारम्भ गर्नु भएको थियो र प्रमुख अतिथिको मन्तव्य दिदै सचिव शिवराम पोखरेलले वातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् । जलवायु परिवर्तन र त्यसको असर जस्ता महत्वपूर्ण विषयहरूलाई प्रकाश पारे । विभिन्न सरोकारवालाहरुको समन्वय र सहकार्य आवश्यक छ । आउटपुट इनपुटको अनुपातमा हुनुपर्छ। सरोकारवाला र स्थानीय सरकारको समन्वयमा परियोजनाको परिणाम वृद्धि गर्न सकिन्छ ।
विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन कार्य सुशासन, हरित उद्यमशीलता र डाटा–संचालित एड्भोकेसीमा युवा संलग्नता बढाउन साझेदारीमा केन्द्रित विश्व क्याफे छलफल आयोजित गरिएको थियो ।
विशेष टिप्पणी दिदै Needs Nepal का कार्यकारी निर्देशक भव राज रेग्मीले भने समाज रूपान्तरणमा हामी सबैको सामूहिक जिम्मेवारी हो । सरकारभित्र बृहत् मूल्यचक्र नभएकोमा जोड दिँदै कमजोर सुशासनको विषयमा ध्यानाकर्षण गराए । थप रूपमा उद्यमशीलता व्यवस्थापनमा कमीकमजोरी औंल्याए, एन्टी–डम्पिङ अभ्यासहरू सम्बोधन गर्न, प्रमाणमा आधारित अनुसन्धान सञ्चालन गर्न र वकालत प्रयासहरूमा संलग्न हुनु पर्ने आवश्यकतामा जोड दिए । सरकार र विकास क्षेत्रबीचको सहकार्यको महत्वलाई जोड दिँदै धनगढीमा रोजगार मञ्च स्थापना गर्नुपर्नेमा जोड दिए ।
ऋच्भ्ब्क्क्ष्इल् का कार्यसमिति सदस्य भुवन केसीले समापन मन्तव्य व्यक्त गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा