सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । आज जेठ १९ गते ,अर्थात् नेपाली राजनीतिले कठोर कालसत्य ब्यहोरेको दिन । आजभन्दा ठीक १६ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो, जहाँ स्वर्गीय राजा वीरेन्द्र शाहको वंशनाश गरिएको थियो । तत्कालिन राजा बीरेन्द्र शाहको परिवारको हत्या भएको दिन । नारायणहिटी हत्या काण्ड भएको आज १६ वर्ष पुरा भएको छ । तर हत्याकाण्डमा संलग्न भएकाहरुको अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन ।
२०५८ साल जेठ १९ गते राति आजकै दिन राजदरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बीरेन्द्रको बंश नै नाश हुनेगरि परिवारका सबै सदस्यको हत्या भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा बीरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको मृत्यु भएको थियो ।
घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई आम नेपालीले आज सम्म पनि बिश्वास गर्न सकेका छैनन् । हत्याकाण्ड भएको नारायणहिटी राजदरबारलाई अहिले नारायणहिटी संग्राहालय बनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा