सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७ – चितवन, भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यात्ने दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा पक्राउ गरिएका दुईजना विरुद्ध कसुर तथा सजाय ऐन २०७३ दफा १६ अनुसार मुद्दा दर्ता गरेको हो ।
मतगणना भइरहेको अवस्थामा मतपत्र च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । गएको १४ गते भरतपुरको वडा नम्बर १९ को मतगणना हुँदै गर्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी प्रमुख दिपक थापाका अनुसार मतपत्र च्यात्ने माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटी विरुद्ध चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा