सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
सो बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले बताए । शाह नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् ।
केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री बनेका शाह माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । केन्द्रमा माओवादी–एमाले गठबन्धन बनेपनि सुदुरपश्चिममा फरक गठबन्धनको कसरत भइरहेको छ ।
मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रयास गरिरहेका छन् ।
प्रदेशसभामा कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७, राप्रपाको एक र स्वतन्त्र एक गरी २७ मत आफ्नो पक्षमा जुटाउने मुख्यमन्त्री शाहको कसरत छ । तर नागरिक उन्मुक्तिभित्रको विवादका कारण उनले विश्वासको मत पाउने वा नपाउने भन्ने टुंगो छैन । राप्रपाले भने शाहलाई मत दिने देखिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा