सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।
केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उनी कर्णालीको नेतृत्व छाड्न बाध्य भएका हुन्। सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो ।
यसअघि विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडानमा मुख्यमन्त्री शर्मा थिए। निरन्तरको केन्द्रको दबाबपछि उनले राजीनामा दिएका हुन्। उनको राजीनामासँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि समय तोकेर आह्वान गर्नेछन्। त्यसलगत्तै नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताइएको छ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ। गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा