सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६ , काठमाडौं – जेष्ठ नागरिकहरुले सरकारले ल्याएको बजेटमा वृद्धाभत्ता थप नगरेकोमा आपत्ति जनाएका छन् । सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा वृद्धाभत्ता थप नगरिएपछि जेष्ठ नागरिकहरु सरकारप्रति आक्रोशित भएका हुन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले वृद्धा भत्ता महिनामा ५ देखि १० हजारसम्म बढाउने आश्वासन दिएर ढाँटको खेती गरेको भन्दै आपत्ति जनाए । अग्रज समाज, नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले वृद्धाभत्ता बढाउने भनेर आफूहरुलाई ढाँटेको भन्दै आपत्ति जनाए ।
उनले आफ्ना बाबु÷आमाको सम्मान गर्न नसक्ने सरकारले राष्ट्र र जनताको सेवा गर्न नसक्ने दावी समेत गरे । जेष्ठ नागरिकहरुले महिनामा ५ हजार वृद्धा भत्ता दिनुपर्ने माग गर्दै आएका छन् ।उनीहरुले यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिईरहेका छन् । हाल सरकारले जेष्ठ नागरिकहरुलाई महिनामा २ हजार भत्ता दिँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा