सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जेठ १५, – विश्वको सर्वोच्च चुचुरो सगरमाथा (८ हजार ८४८ मिटर अग्लो)मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ । न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए । त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ सम्म ४ हजार ४ सय २८ जना आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् ।
त्यसयता सन् २०१५ मा सगरमाथा आरोहण हुन सकेन। सन् २०१६ को वसन्त ऋतुमा २ सय ८९ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए भने सोही वर्ष विदेशी र स्वदेशी सहयोगीसहित ४ सयले आरोहण गरेको अनुमान छ । सन् २०१७ को वसन्त ऋतुमा ४२ टोलीका ३ सय ७५ आरोही मध्ये कतिले सगरमाथा आरोहण गरिसकेका छन् भने कतिपय आरोहणकै क्रममा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा