सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई राज्यले नै पछि पार्ने काम गरेको आरोप लगाएका छन् । ‘कर्णाली आफैँ पछि परेको होइन, बरू राज्यले नै पछि पार्ने काम भएको हो, पछाडि पारिएको हो,’ उनले भने ।
उनले कर्णालीलाई पछि परेको क्षेत्रकारुपमा चिनाइएको भन्दै त्यो भाष्य गलत भएको र बदल्न आवश्यक रहेको बताए ।
सुर्खेतमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णालीको विकासमा राज्यले लगानी नै नगरेको नआरोप लगाए । संघीयता लागू भइसकेपछि समेत कर्णालीको विकासलाई बेवास्ता गरिएको उनको आरोप छ ।
‘संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा हो । तर सरकार कानून नै बनाउँदैन, अधिकार दिदैन,’ उनले भने, ‘अधिकार संघले दिने र प्रदेशले माग्ने कुरा नै होइन, वास्तवमा यो त संविधानले स्पष्टसँग व्यवस्था गरिदिएको कुरा हो ।’
उनले कर्णालीलाई पछाडि पार्नका लागि राज्यले गरेको बेवास्ताको क्षतिपुर्ति कर्णालीले पाउनुपर्ने दाबी गरे ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा