सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१४ जेठ, काठमाडौँ – ठगी तथा सरकारी कागजपत्र किर्ते मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर्याइएका नुवाकोट रावतबेसी–४ का सरोज केसीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको छ ।
शहरी विकास मन्त्री अर्जुननरसिंह केसीका पूर्व पिए समेत रहेका केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आइतबार सामाखुसीबाट पक्राउ गरेको हो । अदालतबाट जारी भएको म्यादमा उपस्थित नभई शुरु म्याद गुजारी फरार रहेका केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
३ बर्षअघि एक चिकित्सकलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल डाइरेक्टर पढ्न छात्रवृतिमा नाम निकालिदिने भन्दै पैसा लिएका थिए । चिकित्सकलाई छात्रवृतिमा नाम निस्किएको पत्र दिएपनि सो पत्र किर्ते भएको खुलेपछि उनीविरुद्ध ठगीमा मुद्दा चलेको थियो ।
काठमाडौं जिल्ला अदालतले जेल सजाय र सात लाख रुपैयाँ जरिवाना गरेका सरोज केसी दैनिक रूपमा सिंहदरबार छिर्ने र सहरी विकास मन्त्रालयमा अड्डा जमाएर बस्ने गरेको खुल्न आएइको थियो । निज केसी कांग्रेस नेता अर्जुन नरसिंह केसीले संरक्षणमा रहेको चर्चा चलेको थियो । अदालतले कैद सजायँ तोक्दा उनी मन्त्री केसीको पिए थिए । आफ्नो पिए ठगीको फरार अपराधि भएको खुलेपछि मन्त्री केसीले उनलाई आफ्नो सहयोगीबाट हटाएका थिए । पक्राउ परेका केसीलाई अदालतको आदेशमा कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा