सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,७ फागुन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।
विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।
श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए । तर, बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । राजधानी दैनिक
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा