सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा । रोल्पाको माडी गाउँपालिकाले फाल्गुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’को अवसरमा फाल्गुन १ गते मंगलबार सार्वजनिक बिदा दिएको जानकारी दिएको हो ।
गाउँ पालिकाले जारी गरेको सूचनामा भनिएको छ,‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८०/१०/१७ गतेको निर्णयानुसार ‘जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिने’ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा