सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानका पाइलट पारसकुमार राईको उपचारका क्रममा ज्यान गएको छ ।
दुर्घटनामा च्यापिएको अवस्थाबाट उद्धार गरिएका राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको र च्यापिएको अवस्थाबाट उद्धार गरिएको थियो ।
उक्त कार्गो विमानमा चालक पारस राई, सहचालक सिर्जन मानन्धर र परिचालिका प्रज्ञा महर्जन थिए ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा