सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ माघ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित यसयूभि एक्सटरको बूकिङ आज देखी खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो|
हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो यसयूभि हो जुन हुन्डाई भेन्यू भन्दा अघी रहने छ। आकर्षक बनोट र बिभिन्न फिचरले एक्सटरलाई एक बिशेष एसयूभी बनाएको छ ।
गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (ICOTY) को विजेता समेत बनेको छ ।
एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।
१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु सेफ्टि, कन्भिनेन्ट र कम्फर्टका फिचरलाई बिशेष ध्यान दिएर बनाइएको छ ।
यसमा १८५ mm को उत्कृष्ट ग्राउण्ड क्लेरेयन्स रहेको छ, जस्ले गर्दा नेपाल को बिभिन्न बाटोहरुमा सहज यात्रागर्ने आत्मविश्वास दिलाउँछ। हील एसिस्ट कन्ट्रोल (HAC) र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट (VSM) जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ। ६ कलर अप्सनमा आउने एक्सटर नेपालमा E, S र SX गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जस्को मुल्य क्रमश रु. ३४,९६०००/-, ४०,९६,०००/- र ४४,९६,०००/- हुनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ + चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा