सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ माघ । भुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले कार्यालयका सेवालाई आजबाट अनलाइन प्रणालीमा लगेको हो ।
अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।
आवेदनअनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत् वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।
परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज बनाएको हो ।
कार्यालयको सेवा अनलाइन प्रणालीमा लगेपछि अब मार्कसिट, ट्रान्सक्रिप्टसहितका कागजातका लागि एप्लिकेसन दिन विद्यार्थीहरुले बल्खु धाउनुपर्ने बाध्यता हट्ने देखिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा