सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ माघ । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
पार्टीका संसदीय दलका नेता तथा प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई एक पत्र लेख्दै आज बसेको पार्टीको संसदीय दलको बैठकले आजैका मितिबाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन्।
मधेश प्रदेश सरकारमा जनमतबाट दुई जना मन्त्री सहभागी छन्। शिक्षा मन्त्री यादव सहित चन्दन सिंह श्रम तथा यातायात मन्त्री छन्। पार्टीले उनीहरूलाई पनि फिर्ता बोलाउने भएको छ।
जतमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा नेत्तृत्वको मधेश सरकारले मधेशी जनताको हितमा काम नगरेकोले समर्थन फिर्ता लिएको बताए ।
‘जसपा नेत्तृत्वको मधेश सरकारले मधेशी जनतामाथि गरेको क्रूर दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा समर्थन फिर्ता, ‘सिके राउतले भने ।’
उनले मधेश सरकारबिरुद्ध आन्दोलन थाल्ने पनि बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा