सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ पौष । आईसीसीले टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । यो प्रतियोगिता जुन १ देखि २९ सम्म २० टोलीबीच हुनेछ । पहिलो खेल क्यानडा र अमेरिकाबीच जुन १ मा हुनेछ । फाइनल खेल २९ जुनमा बार्बाडोसको मैदानमा हुनेछ । नेपालको पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्ससँग हुनेछ । जुन ११ मा श्रीलंका र नेपालबीचको खेल हुनेछ । नेपालको तेस्रो खेल १४ जुनमा दक्षिण अफिकासँग र चौथो खेल बंगलादेशसँग १६ जुनमा हुनेछ ।
वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने यस प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहनेछ । सबै टोलीलाई पाँच–पाँच टोलीको चार समूहमा विभाजन गरिएको छ । समूह ए मा भारतसँगै पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् भने नेपाल रहेको समूह डीमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड्स छन् ।
कुन टोली कुन समूहमा
समूह ए : भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा, अमेरिका
समूह बी : इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड, ओमान
समूह सी: न्यूजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड्स, नेपाल
Presenting the 2⃣0⃣ teams that will battle for ICC Men's #T20WorldCup 2024 🏆
✍: https://t.co/Oqz5IqMMV4 pic.twitter.com/PdPo5r8Zf4
— T20 World Cup (@T20WorldCup) November 30, 2023
प्रतियोगिता तीन चरणमा हुनेछ
लिग चरण: जुन १ देखि १८ सम्म खेलिनेछ। प्रत्येक समूहका टोलीले एक एक खेल खेल्नेछन् । प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणका लागि छनोट हुनेछन्।
सुपर-८: जुन १९ देखि २४ सम्म खेलिनेछ। यहाँ प्रत्येक समूहका शीर्ष दुई टोलीले सहभागिता जनाउने छन् । कुल आठ टोलीले एक एक खेल खेल्नेछन्। यहाँबाट शीर्ष चार टोली नकआउट चरणमा पुग्नेछन् ।
नकआउट: सुपर-८ मा राम्रो प्रदर्शन गर्नेहरूले सेमिफाइनलमा पुग्नेछन्। पहिलो सेमिफाइनल खेल जुन २६ मा हुनेछ भने दोस्रो सेमिफाइनल खेल जुन २७ मा हुनेछ । यसपछि प्रतियोगिताको फाइनल खेल दुवै सेमिफाइनलका विजेताबीच असार २९ गते हुनेछ ।
टी–२० विश्वकप २०२४ को तीन खेल अमेरिकाको र ६ वेस्ट इन्डिजमा आयोजना हुनेछ । २० मध्ये १० टोलीले अमेरिकामा २९ दिने प्रतियोगिताको पहिलो खेल खेल्नेछन्, जसमा १६ खेल लाउडरहिल, डलास र न्यूयोर्कमा हुनेछन्। भारत र पाकिस्तानबीचको ब्लकबस्टर खेल लङ आइल्याण्डको न्यू नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जुन ९ मा हुनेछ ।
वेस्ट इन्डिजका ६ वटा विभिन्न टापुमा ४१ खेल हुनेछन्, जसमा सेमिफाइनल त्रिनिडाड र टोबागो र गुयानामा र फाइनल २९ जुनमा बार्बाडोसमा खेलिनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा