सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ११ , दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरबहादुर श्रेष्ठ विजयी भएका छन्। उनले ४ हजार ४ सय ७५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वर्मा लामाले ४ हजार ३ सय ८६ मत ल्याए। उपाध्यक्षमा पनि एमालेकै कल्पना भण्डारी विजयी भइन्। उनले ४ हजार ४ सय ९७ मत ल्याएर निर्वाचित भइन्। उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले ३ हजार २ सय ३२ मत ल्याए।
मेलुङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए। मेलुङको वडा नम्बर १, २, ३ र ७ मा एमालेले जितेको छ भने ४ र ६ कांग्रेस तथा ५ नम्बर वडा माओवादी केन्द्रले जितेको छ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा