• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

      मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

      लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

      मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

      पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

      असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

      होटल – रेष्टुरेन्ट विहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने, मास्क नलगाए १० रूपैयाँ जरिवाना

      कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

      सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

      माधव नेपालसहित ८ नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

      नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

      मदनकृष्ण श्रेष्ठ लगायत परिवारका ५ जनालाई कोरोना संक्रमण

      ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

      इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

      लुम्बिनीमा सांसद किनबेचको खेल सुरु, जसपाका चारजनालाई मन्त्री बनाइँदै

    होमपेज /  पत्रपत्रिका

    चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा बूढीगण्डकी

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ १०, बुधबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
    फाईल तस्विर

    विघटनको संघारमा पुगेको सरकारले जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई बिनाप्रतिस्पर्धा दिने निर्णय गरेको छ।

    विकास थापा अन्नपूर्णमा अगाडि लेख्छन्- नेपालमा एक अर्ब १६ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको विवादास्पद सीजीजीसीलाई वित्तीय बन्दोबस्तीसहित बूढीगण्डकीको सम्पूर्ण निर्माणकार्यको ठेक्का दिने गरी मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । सीजीजीसी आफैंले लगानी जुटाउने, निर्माण गर्ने र सरकारले त्यसको लागत ऋणमा लिएर पछि तिर्ने ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्सिङ’ (ईपीसी-एफ) मोडेलमा गर्न दिने सैद्धान्तिक निर्णय भएको ऊर्जामन्त्री जनार्दन शर्माले बताए। शर्माले आयोजनाको लागत, त्यसका लागि सरकारले लिने ऋण र त्यसको ब्याज आदिका विषयमा सरकारसित ‘नेगोसिएसन’ (वार्ता) द्वारा टुंग्याउने जानकारी दिए। सरकारले गत वैशाखमा बूढीगण्डकी विकास समिति भंग गरी नेपाल सरकारको स्वामित्व रहेको जलविद्युत् उत्पादन कम्पनी मातहतमा ल्याएको थियो । ‘सरकारले गठन गरेको कम्पनीमार्फत नै स्थानीयलाई सेयर वितरण गरिनेछ’, शर्माले मन्त्रिपरिषद् बैठकपछि भने।

    अध्ययन भएर लागत टुंगो लागेका आयोजनाको ठेक्का स्वयं ऊर्जा मन्त्रालयले प्रतिस्पर्धा गर्दै स्वदेशी तथा विदेशी प्रवद्र्धकलाई दिँदै आएको थियो । सरकारसित लगानी रकम नभएको, विदेशी बहुपक्षीय तथा द्विपक्षीय व्यापारिक ऋणले आयोजना निर्माण गर्न धान्न नसक्ने भएको कारण देखाउँदै ऊर्जाले बिनाप्रतिस्पर्धा दिने प्रक्रिया अघि बढाएको हो । अर्थ मन्त्रालयले आयोजना ईपीसी-एफ मोडेलमा निर्माणका लागि सैद्धान्तिक सहमति नदिई सीधै मन्त्रिपरिषद्मा लगेर उक्त निर्णय गरेको हो । यसअघि सीजीजीसीलाई बूढीगण्डकी बनाउन दिन ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयको सहमति मागेको थियो ।

    अर्थले यस्ताखाले परियोजनाको लगानीनिम्ति कार्यविधि बनाउनुपर्ने भन्दै रोकेको थियो । अर्थले सहसहसचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा समिति बनाएर कार्यविधिको मस्यौदासमेत बनाएको थियो । बूढीगण्डकी सीजीजीसीलाई दिने निर्णयमा अर्थ मन्त्रालयको धारणा के हो भनी सहसचिव अर्याललाई सोध्दा निर्णय गर्ने (मन्त्रिपरिषद्) लाई नै सोध्नोस् भन्ने जबाफ दिए। उनले अर्थले तयार गरेको कार्यविधि पारित नभएको पनि बताए। ‘कार्यविधिको टुंगो लागेको छैन’, सहसचिव अर्यालले भने, ‘यो कसरी आयो (निर्णय), उतै (मन्त्रिपरिषद्) बाट सोध्दा बेटर (राम्रो) होला ।’ ऊर्जा मन्त्रालय स्रोतका अनुसार सीजीजीसीलाई ईपीसी-एफमा बूढीगण्डकी दिलाउन ऊर्जाले कानुन र अर्थको राय मागेको थियो । कानुनले सकारात्मक राय दिए पनि अर्थले ‘विद्यमान कानुनअनुसार गर्ने’ भनेर अपेक्षित राय दिएन। अर्थको उक्त रायलाई विद्युत् ऐन, २०४९ को दफा ३५ (कुनै पनि कम्पनीलाई सरकारले करार गरी दिन सक्ने प्रावधान) अन्तर्गत दिन सक्ने वा सार्वजनिक खरिद ऐन, २०६३ (प्रतिस्पर्धा गराउनुपर्ने) भन्नेमा अन्योल रहेकाले मन्त्रिपरिषद्बाट ‘सैद्धान्तिक सहमति’ दिलाउनुपरेको ऊर्जाका एक अधिकारीले बताए ।

    उनका अनुसार अर्थले कानुनअनुसार भनेकाले ऊर्जाले विद्युत् ऐनको दफा ३५ प्रयोग गरी करार दिन मन्त्रिपरिषद्मा केही दिनअघि प्रस्ताव लगेको हो । ऊर्जाको प्रस्तावमा सीजीजीसीले एक वर्षभित्र आयोजनाको सम्पूर्ण अध्ययन (मूल्यांकनसमेत) गरी लागत अनुमान पेस गर्ने, उक्त लागत अनुमानप्रति अर्थ मन्त्रालय सन्तुष्ट भएमा समझदारीपत्रमा अर्थले हस्ताक्षर गर्ने, उक्त समझदारीपत्र सामूहिक समझदारी मात्र रहने र त्यसमा आर्थिक र कानुनी दायित्व नहुने उल्लेख छ । ‘यस्तो प्रारम्भिक सहमतिअनुसार अर्थ मन्त्रालय मन्जुर भएमा, उसको लागत चित्त बुझेमा मात्र त्यसको एक वर्षपछि ऊर्जा मन्त्रालयसित दफा ३५ बमोजिम सम्झौता हुने गरी प्रस्ताव गरिएको हो’, ती अधिकारीले भने । यता अर्थ मन्त्रालयले ईपीसी-एफसम्बन्धी कार्यविधि तयार गरिरहेको र उक्त कार्यविधि तयार भइसकेपछि त्यसका आधारमा सीजीजीसीसित एमओयू हुने गरी तयारी गरिरहेको छ । यस सम्बन्धमा औपचारिक रूपमा अर्थ मन्त्रालयका अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन् । अर्थसचिव शान्तराज सुवेदी सम्पर्कमा आउन चाहेनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

    हावाबाट पनि कोरोना सर्ने !

    ‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’

    पाइँदैन आमाको नाममा नागरिकता, धेरै युवायुवती अनागरिक अवस्थामै

    कोरोना संक्रमण बढेपछि एचआईभी पीडितलाई चिन्ता

    सेनाले डीडीसीको उत्पादन प्रत्यक्ष किन्दा दूधको बजार विस्तार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

    लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

    मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

    पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

    कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

    इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

    अब ५ जना भन्दी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने, विवाहमा २५ जना

    वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑