सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १७ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राई, माओवादी केन्द्रका गणेश प्रसाद उप्रेती र एकीकृत समाजवादीका कमल प्रसाद जबेगुलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिईएको छ भने माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिईएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा